१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्लोभाकिया पठाइदिन्छु भनी रकम ठग्ने एक जना पक्राउ


455
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्लोभाकिया पठाइदिन्छु भनेर रकम ठग्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ का ४६ वर्षका एकराज नेम्वाङ रहेका छन् ।

नेम्वाङले विजय लिम्बुलाई स्लोभाकियाको कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङ्गको काम गरेवापत मासिक २ लाख तलब हुने भन्दै प्रलोभन देखाइ १२ लाख रुपैयाँ लिएर सम्पर्क बिहीन भएका थिए ।

पीडितले वैदेशिक रोजगार विभागमा आफू ठगिएको उजुरी दिए थिए । विभागले पक्राउ गरी पठाइ दिन कप्रहरीलाई पत्राचार गरेपछि उनी पक्राउ परेका हुन् ।