
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने बताउनुभएको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री दाहालले सबै विधेयकहरु प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुको सहमतीमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढन पार्टीका सांसदहरुलाई पनि निर्देशन दिनुभयो ।
मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले विधेयकहरु अघि बढाउँदा सकैसम्म सबै दलहरुसँग सहमति गर्ने र त्यसो हुन नसके पनि प्रक्रियामा सहमति गरेर अघि बढन पार्टीका सांसदहरुलाई सचेत समेत गर्नुभयो ।
प्रधानमन्त्री दाहालले संसदमा प्रस्तुत विधेयकहरुको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पनि पार्टीका सांसदहरुले आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षसहितका सबै दलहरुको सहमतिमा विधेयकहरु अघि बढाउनका लागि भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशित गर्नु भएको पार्टीका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि पार्टीका सांसदहरुलाई सचेत गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्