
एजेन्सी । युक्रेनमा बसेर अमेरिका र बेलायत लगायतका विभिन्न पश्चिमा देशका (स्पेशल फोर्स) विशेष सैन्य दस्ताले रुससँग युद्ध लडिरहेको खुलासा भएको छ ।
अमेरिकी रक्षा मन्त्रालयबाट चुहावट भएको आशंका गरिएको गोप्य दस्तावेजका अनुसार युक्रेनभित्र रहेर दर्जनौं देशका स्पेशल फोर्सले रुससँग युद्ध लडिरहेकाे खुलासा भएकाे हाे । युक्रेनमा बेलायत, अमेरिका, फ्रान्स, नेदरल्याण्ड्स र लात्भियाको स्पेशल फोर्स सक्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाे दावी छ।
लिक गरिएका फाइलहरू मध्ये केहीलाई अमेरिकामा अति संवेदनशील मानिने सरकारी वर्गीकरण अर्थात ‘क्लासीफाइड’ भनिएको छ । यि फाइलहरुका अनुसार केही समयभित्र युक्रेनले ‘स्प्रीङ अफेन्सीभ’ भन्दै रुसविरुद्ध विशेष आक्रमणको तयारी गरिरहेको छ । अमेरिकी सरकारले चुहावटको स्रोतको अनुसन्धान गरिरहेको जनाएकाे छ ।
बेलायतले भने स्पेशल फोर्सको परिचलान सम्बन्धमा कुनै प्रतिक्रिया दिएकाे छैन । उसले आफ्नो पुरानै शैलीलाई यस पटक पनि निरन्तरता दिएको छ । स्पेशल फोर्सलाई संसारमा सबै भन्दा घातक र प्रभावकारी सैन्य दस्ता मानिन्छ । रुसले यसकाे बारेमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया भने दिएकाे छैन ।
प्रतिक्रिया दिनुहोस्