
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ ।
मंगलबार राति भएकाे खेलमा अरुण जेट्ली स्टेडियममा भएको खेलमा मुम्बईले घरेलु टोली दिल्लीलाई ६ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे । मुम्बईका लागि कप्तान रोहित शर्माले ६५ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । तिलक बर्माले ४१ रनको इनिङ खेलेका थिए । दिल्लीका मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिएका छन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ दशमलव ४ ओभरमा अलआउट भएर १ सय ७२ रन मात्र बनायो । दिल्लीका लागि कप्तान डेविड वार्नरले ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अक्षर पटेलले ५४ रन बनाए । मुम्बईका पियुष चावला र जेशन बेरेनडर्फले समान ३/३ विकेट लिएका थिए ।
तेस्रो खेलमा पहिलो जित हात पारेको मुम्बईको २ छ भने ४ खेलमा पराजित दिल्ली अंक विहीन भएकाे छ । आईपीएल क्रिकेटमा बुधबार हुने एक मात्र खेलमा चेन्नई सुपर किंस र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्