
काठमाडौं । नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले कांग्रेससँगको वार्ता बुधबारदेखि समाप्त भएको घोषणा गर्नुभएकाे छ ।
कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको बताउँदै जोशीले बुधबारदेखि वार्ता समाप्त भएको घोषणा गर्नुभएकाे हाे ।
आगामी वैशाख १० गते तनहुँ-१ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीका छोरा दीपक जाेशीसँग छलफल गर्नुभएकाे हाे । तर छलफल निष्कर्ष विहीन भएको थियो ।
तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । तर जोशीले बुधबार एक विज्ञप्ति जारी गर्दै भन्नु भएकाे छ,-‘उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ।’
प्रतिक्रिया दिनुहोस्