१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बैंकर्स संघले निक्षेपको ब्याजदर वैशाखदेखि कटौती गर्ने


130
Shares

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदरमा व्यापक कटौती गरेका छन् ।

नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले १ वर्षे मुद्दतिको ब्याज ११ प्रतिशतबाट ९ दशमलव ९९ प्रतिशतमा झार्ने निर्णय गरेको हाे । संस्थागत निक्षेपकर्ताको ब्याजदर ७ दशमलव ९९ प्रतिशतमा आएको छ । बचतको ब्याजदर ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतमा झारेको छ ।

कुल डिपोजिटको ब्याजदर २ दशमलव ७ प्रतिशतमा झारेको छ । अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा आगामी साउन महिनादेखि पर्ने छ । यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुनेछ ।