
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई पहिलोको पछाडि दौडाउनु नहुने बताउनुभएको छ ।
बुधबार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाहरुलाई पहिलोको पछाडि दाडाएर चिन्ता थुपार्नु नहुने बताउनुभएको हो ।
उहाँले बालबालिकाहरुलाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिइ चिन्ता पैदा गर्दा बालबालिकाहरुको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
उहाँले बालबालिकाहरुलाई जीवन रमाइलो छ र जीवनमा अझै धेरै कुरा सिक्न बाँकी छ भन्नेकुराका सिकाउन जरुरी रहेको बताउनुभयो ।
महामन्त्री थापाले विद्यार्थीहरुले आफ्नो सकेको अध्ययन गर्नमा ध्यान दिनुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्