
काठमाडौं । नेकपा (एमाले)ले सरकारले अबौंको बक्यौंता रकम समेत नलिई स्मार्ट टेलिकम प्रालिको नविकरण गर्न लागेको आरोप लगाउदै आपत्ति जनाएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले नविरकण गर्दाखेरी लाग्ने करिव २३ अर्ब रुपैयाँ समेत नलिई सो प्रालिको नविकरण गर्नका लागि १/२ दिन भित्रै मन्त्रिपरिषद्ले निर्णय गर्न लागेको आशंका गर्दै आपत्ति जनाउनु भएको हो ।
उहाँले सो काममा ठूलै आर्थिक चलखेल भएको हुन सक्ने जिकीर गर्दै त्यसो नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
प्रमुख सचेतक गिरीका अनुसार सो प्रालिले सरकारलाई विभिन्न शिर्षक अन्तरगत करिव ५ अर्व दस्तुर तिर्न बाँकि छ । र, नविकरण शुल्क २३ अर्व गरेर उसले २८ अर्ब सरकारलाई बुझाउनु पर्ने हुन्छ । तर, त्यो दुवै रकम मिनाहा गरी सो प्रालिलाई नविकरण गराउनका लागि मन्त्रिपरिषद्ले निर्णय गर्ने कुरा सञ्चार माध्याममा आएकाले आफूले सरकारको ध्यानाकर्षण गराउनु परेको पनि प्रमुख सचेतक गिरीको भनाई थियो ।
प्रमुख सचेतक गिरीले मन्त्री र मन्त्री क्वार्टर ध्याउने र ठूलै आर्थिक चलखेल गरेर सो प्रालिको नविकरण गर्ने निर्णय गर्न लागेर सरकारले मुलुकको करिब २८ अर्व बजेट डुबाउन नपाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्