२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसले गठबन्धन र माओवादीको विकल्प खोजेको छैन : सांसद खतिवडा


910
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको बताउनुभएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद खतिवडाले नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको बताउनुभयो । उहाँले अहिले नेपाली कांग्रेसले सत्ता लिइहाल्ने अवस्था नरहेको बताउनुभयो । उहाँले कांग्रेसका शीर्ष नेताहरु गठबन्धनलाई दह्रो बनाउन लागिपरिरहेको उहाँको भनाई छ ।

उहाँले सरकारले जनअपेक्षा अनुसारका राम्रा कार्यक्रमहरु ल्याओस् भन्ने कांग्रेस सांसदहरुको चाहना रहेको भन्दै सोही कारण कहिलेकाहीँ सरकारलाई आलोचनात्मक सुझाव दिने गरिएको बताउनुभयो ।