१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आईपीएल क्रिकेटमा राजस्थान रोयल्स विजयी


91
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा आफ्नो चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा राजस्थानले चेन्नाई सुपर किंग्सलाई ३ रनले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्र बनायो । चेन्नाईका लागि ओपनर डेभोन कन्वेले ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए।

अजिक्का राहानेले ३१ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाएका हुन् । राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २÷२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जोस बटलरले ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । देवदत्त पडिकलले ३० रन बनाएका थिए । चेन्नाईका लागि तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २/२ तथा मोईन अलिले १ विकेट लिएका थिए ।

आईपीएल क्रिकेटमा बिहीबार पन्जाब किंग र गुजरात टाइटन्स खेल्ने भएका छन् ।