६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बालेनले भने–काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्नुस्


1.092k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेल्द्र साह (बालेन) ले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।

बिहीबार समाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै उहाँले यस्ताे आग्रह गर्नुभएकाे हाे । काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्दा काठमाडौंवासीलाई कुनै आपत्ति नहुने पनि उहाँले बताउनुभएकाे छ ।

सरकारले काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबारभित्रको फोहोर उठाउन बन्द गर्नुभएका मेयर साहले काठमाडौंवासीलाई सम्पदा, संकृति, कला र सभ्यता चाहिएकाे बताउनुभयाे । तर काठमाडौंवासीलाई राजनीति भने नचाहिएको उहाँकाे तर्क छ ।

उहाँले समाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ: