
एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्त फिल्म सुटिङका क्रममा घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘केडीः द डेभिल’ को सेटमा दुर्घटना हुँदा सञ्जय घाइते भएका हुन् । उक्त दुर्घटनामा सञ्जयलाई धेरै चोट लागेको छ । सञ्जय प्यान इन्डिया फिल्मको सुटिङ बैंगलोरमा गरिरहेका छन् । सञ्जय बम सिक्वेन्सको सुटिङ गरिरहेको समयमा उक्त दुर्घटना भएको हो ।
यस घटनामा सञ्जयको कुहिनो, हात र अनुहारमा चोट लागेको छ । साेही घटनापछि फिल्मको सुटिङ रोकिएको छ । सञ्जयको स्वास्थ्य अवस्था अहिले ठिक रहेको जनाइएकाे छ ।
सञ्जयको यो फिल्म सत्य घटनामा आधारित रहेकाे छ । फिल्मले सन् १९७० को दशकमा बैंगलोरमा घटेका घटनालाई चित्रण गर्नेछ । यस फिल्ममा सञ्जय पुनः एक पटक भिलेनको भूमिकामा देखिने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्