१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चुनावअघिको गठबन्धनले कांग्रेसलाई घाटा भयो : पूर्वराष्ट्रपति यादव


780
Shares

काठमाडौं । नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै प्रथम राष्ट्रपति यादवले चुनावपूर्वको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताउनुभएको हो ।

उहाँले पार्टीहरुले आफ्नो आदर्श र सिद्धान्त जनतालाई भनेर जनताको मत लिनुपर्ने बताउनुभयो । एकले अर्कालाई मत हाल्दा कांग्रेसका कार्यकर्ताहरु पछि पार्टीसँग जोडिएर जान नसक्नेमा उहाँले शंका व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसले देशको अगुवाइ गर्न नसक्दा आफूलाई दर्द हुने पनि बताउनुभयो ।

प्रथम राष्ट्रपति यादवले कांग्रेसका पछिल्लो पुस्ता अध्ययनशिल हुन नसकेको बताउनुभयो । उहाँले कांग्रेसका नेताहरु बिपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका त्याग र योगदानको बारेमा पछिल्लो पुस्ताका कांग्रेसीहरुलाई प्रशिक्षित गर्नु आवश्यक रहेको बताउनुभयो ।