
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणका लागि प्रतिवद्ध हुन सबै नेपालीलाई आग्रह गर्नुभएकाे छ ।
शुक्रबार नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएकाे हाे । व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने पनि उहाँको जोड छ ।
चरम दलगत-गुटगत राजनीति भन्दा माथि रहेर विधिको ख्याल राखेर यसको सीमाभित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार, अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पुर्याउन सक्ने शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्