
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
शुक्रबार बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम आंशिक बदली रहने छ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।शुक्रबार राति भने देशभर आंशिक बदली हुने भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्