२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह मनाइँदै


91
Shares

काठमाडौं । सरकारले शुक्रबारदेखि वैशाख ७ गतेसम्म व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक हुन् भन्ने उद्देश्यले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदैछ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शुक्रबारदेखि ७ गतेसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने जनाएको हाे । विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै वैशाख पहिलो साता व्यक्तिगत घटना दर्ताका लागि जनचेतनामूलक कार्यक्रम गर्न समेत अनुरोध गरेको छ ।

राज्यलाई नीति निर्माण गर्न र राज्यले दिने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता आवश्यक हुन्छ ।जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराई जस्ता व्यक्तिगत घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ ।

घटना भएको ३५ दिनभित्र दर्ता गराउँदा कुनै शुल्क नलाग्ने पनि विभागले जनाएकाे छ ।