
काठमाडौं । युएईले आगामी साताबाट नेपालमा हुने एसीसी प्रिमियर कपको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ ।
मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो ।
यस प्रतियोगितामा युएई समूह बी मा रहेको छ । यस समूहमा युएईका साथै कुवेत,सिंगापुर,बहराइन र हङकङ रहेका छन् । युएईले समूह चरणका दुई खेल टियु र दुई खेल मुलपानी मैदानमा खेल्ने छ । टियु मैदानमा १९ अप्रिलमा कुवेतसँग खेल्दै युएईले प्रतियोगिताको सुरुआत गर्ने छ ।
युएईको दोस्रो खेल मुलपानी मैदानमा २१ अप्रिलमा हङकङसँग तथा तेस्रो खेल टियु मैदानमा २३ अप्रिलमा सिंगापुरसँग खेल्ने छ । समूह चरणको अन्तिम खेल बहराइनसँग २६ अप्रिलमा मुलपानी मैदानमा रहेको छ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल मे १ मा रहेको प्रतियोगिताको च्याम्पियन राष्ट्र एसिया कपमा छनोट हुने छ । छनोट हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।
प्रतिक्रिया दिनुहोस्