२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कर्णाली प्रदेश सरकारमा सहभागी हुने कांग्रेसको तयारी


208
Shares

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ ।

चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कांग्रेसलाई समेत समेटेर सरकारलाई पूर्णता दिने तयारी भएको बताउनुभयो । यसअघि एमालेसँग रहेका तीन मन्त्रालय कांग्रेसलाई दिने तयारी मुख्यमन्त्री शर्माको भनाई छ । यता, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको नेतृत्वको दाबी गर्दै आउनुभएको छ ।

४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । कांग्रेससँग १४, माओवादीसँग १३, एकीकृत समाजवादीका एक जना सांसद छन् । यस्तै एमालेसँग सभामुखसहित १०, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नयाँ नेतृत्व पाउने छ ।