१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले सांसद गैरेकाे प्रधानमन्त्रीलाई प्रश्न: यो व्यवस्था कसले उल्ट्याउन खोज्यो ?


39
Shares

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नु भएकाे छ ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । वैशाख १ गते नयाँ वर्षको अवसरमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिनुभएकाे थियाे ।

एमाले सांसद गैरेले नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा पर्यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको भन्दै प्रधानमन्त्री प्रश्न गर्नुभएकाे हाे । संसद चलिरहेका बेला प्रधानमन्त्रीले यस्ता विषय संसदमा जानकारी गराउनुपर्ने सांसद गैरेकाे भनाइ थियाे ।