६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


डढेलोका कारण वायु प्रदूषण बढ्याे: वातावरण विभाग


39
Shares

काठमाडाैं । वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको जनाएकाे छ ।

विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदूषणको मात्रा बढेको बताउनुभएको हो । उहाँले पानी नपर्दा र हावा वहन नसक्दा प्रदूषण एकै ठाउँमा थुप्रिएको बताउनुभयो । उहाँले स्याटलाइट इमेज हेर्दा काठमाडौं उपत्य, बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको बताउनुभयो ।

बारा, पर्सा र चितवनबाट बागमती करिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा बढेको उहाँले बताउनुभयो । उहाँले काठमाडौं प्रदूषणको पहिलो नम्बरमा पर्यो जस्ता समाचारहरु सञ्चार माध्यममा आइरहेको पनि उहाँकाे भनाइ थियाे । तर त्यसले ठूलो फरक नपार्ने बताउनुभयो ।

वायु प्रदूषणको पहिलो, दोस्रो नम्बरमा पर्यो भन्ने कुरा प्रचार बाजीको विषय वस्तु मात्रै भएको प्रवक्ता पौडेलकाे दावी छ ।