
एजेन्सी । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी ९ जना घाइते भएका हुन् । दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो ।
आगलागीको कारण बारेमा केही खुलाइएको छैन । मृत्यु हुनेमा ४ भारतीय र ३ जना पाकिस्तानी नागरिक रहेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्