७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


लुम्बिनीका मुख्यमन्त्रीले दोस्रोपटक विश्वासको मत लिँदै


312
Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिन लाग्नु भएकाे छ ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताउनु भयाे ।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिनु भएकाे थियाे ।

राष्ट्रपतिको चुनावसंगै केन्द्रमा बदलिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लाग्नु भएकाे हाे ।