
सुशील गैरे
कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ।
बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहले आनाकानी गरेपछि प्राधिकरणले धमाधम लाइन काट्ने अभियान नै थालेको हाे।
६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल नबुझाउनेको लाइन काटिएको प्राधिकरणले जनाएको छ। पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम भुक्तानी नगरेपछि लाइन काटिएको प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७९/०८० को साउन देखि चेत मसान्त सम्म १६ सय २२ जनाको लाइन काटिएको छ। उनीहरुबाट ४ करोड ८८ लाख १५ हजार ८२ रुपैयाँ उठाउँन बाँकी छ। त्यस मध्ये १२ सय ३८ जना ग्राहकबाट ३ करोड ३७ लाख १५ हजार ३६७ रुपैयाँ उठेको छ। यस्तै चैत महिनामा मात्र २ सय ६९ जनाको लाइन काटिएको छ।
जसबाट ६६ लाख ५१ हजार ७८ रुपैयाँ उठ्न बाँकी छ। यस्तै चैत महिनामा २ सय ८४ गहकबाट ६१ लाख ८ हजार ५४५ रुपैयाँ उठेको छ। लाइन काटेको धेरै दिन सम्मपनि विद्युत नतिर्ने ग्राहकको ३ पुस्ते विवरणसहित कालो पाटीमा समेत राख्ने तयारी गरिएको प्राधिकरणका प्रमुख झाले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्