२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतीय अभिनेता अजित कुमार मोटरसाइकलमा आए नेपाल


15.938k
Shares

काठमाडौं । दक्षिण भारतीय अभिनेता अजित कुमार मोटरसाइकल (बाइक) चलाएर नेपाल आइपुगेका छन् ।

आइतबार धुनषाको ढल्केबरमा मोटरसाइकलमा देखिएका उनी सोमबार झापाको सुरुंगा पुगेका हुन् । मोटरसाइकलसहित उनी केही सहयोगीसँग पूर्वी नेपालमा आइपुगेका हुन् ।

उनी मोटरसाइकलमा नेपाल आएको तस्बिर र भिडियाे सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भाइरल भइरहेको छ । उनी नेपाल आउनुको कारण कुनै पनि फिल्म छायांकनको लागि नभएर घुम्नको लागि मात्रै हो भन्ने अनुमान गरिएको छ ।

यसभन्दा अगाडि गत वर्ष उनी मोटरसाइकलमा नै थाइल्याण्ड पुगेका थिए । उनी अभिनेताका साथै कार रेसर पनि हुन् ।