
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागहरुको मौसम समान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। त्यस्तै, गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । त्यस्तै, काठमाडाैं उपत्यका लगायतका देशका अधिकांश भू-भागहरुमा तुवाँलोको सम्भावना रहेको छ ।
मंगलबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागको मौसम भने सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्