१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिभरपुलले लिड्स युनाईटेडलाई हरायो


390
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाईटेडलाई फराकिलो गोल अन्तरले हराएको छ ।

सोमबार राति भएको खेलमा लिभरपुलले लिड्सलाई ६–१ गोल अन्तरले हराएको हो ।

खेलको ३५ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलाए । ३९ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई दोब्बर अग्रता दिलाए । ४७ औं मिनेटमा लुइस सिनिस्टेराले गोल गर्दै लिड्सलाई २–१ को स्थितिमा ल्याए ।

५२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई ३–१ ले अगाडि बढाए । ६४ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–१ को अग्रता दिलाए । ७३ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५–१ को अग्रता दिलाए । त्यसपछि ९० औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को जित दिलाए ।

जितसँगै लिभरपुल ३० खेलबाट ४७ अंक जोडेर आठौं स्थानमा रहेको छ भने पराजित लिड्स ३१ खेलबाट २९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।