१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपालले टस हार्‍यो, पहिले बलिङ गर्दै


2.21k
Shares

काठमाडौं । घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध बलिङ गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले बलिङ गर्न लागेको हो ।

उपाधिको प्रमुख दाबेदार नेपाल तुलनात्मक रुपमा कमजोर मलेसियालाई हराउँदै सानदार विजयी सुरूवात गर्न चाहन्छ । मलेसिया पनि नेपाललाई हराएर जितबाट प्रतियोगिताको सुरूवात गर्ने योजनामा छ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, ललित राजवंशी,रोहित पौडेल९कप्तान०,कुशल मल्ल, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, गुलशन झा,सोमपाल कामी,सन्दीप लामिछाने