१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज सकिँदै बिस्का जात्रा


273
Shares

काठमाडौं । नौ दिन आठ रात लामो भक्तपुरको बिस्का जात्रा मंगलबार सकिँदै छ ।

जात्राको अन्तिम दिन मंगलबार साँझ भक्तपुरको गहिटीमा रहेको भैरवनाथको रथ तानेपछि जात्रा समापन हुनेछ । यसअघि चैत २७ गते यही रथ तानेर जात्रा सुरू भएको थियो ।

जात्राको अन्तिम दिनलाई ‘‘द्य थहाँ बिज्यागु’ अर्थात् ‘देवतामाथि सवारी हुने’ भनिन्छ । यस दिन भैरवनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ । रथ तानिसकेपछि पाँचतल्ले मन्दिर अगाडि पुर्‍याएर जात्रा सकिन्छ ।

प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि र चार दिन पछाडि अर्थात ५ वैशाखसम्म जात्रा मनाइन्छ ।

बिस्का जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु हो ।