२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय : निशा डाँगी


78
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)की सांसद निशा डाँगीले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताउनुभएको हो ।

काठमाडौं विश्वकै प्रदुषित सहरको पहिलो सूचिमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरुबारे पनि सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

सांसद डाँगीले काठमाडौं प्रदुषित हुँदै जाँदा पनि सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।