
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दाबी गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आफ्नै पालामा सबै भूमिहिनहरुलाई लालपूर्जा दिने लक्ष्य आफूले दिएको बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरु पनि भूमिहिन रहेको विगतमा राज्यले नदेखेको भन्दै अब आफूले उनीहरुलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन दिनुभयो । उहाँले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरु सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा पनि गर्नुभयो ।
मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्