
एजेन्सी । नापोलीलाई स्तब्ध बनाउँदै एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगको खेल १–० ले जितेको मिलान मंगलबार राति भएको दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा २–१ को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।
खेलको ४३ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई १–१ को बराबरीमा ल्याए ।
पहिलो लेगमा पराजित भएका कारण नापोली क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।
च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाइनलका बाँकी दुई खेल बुधबार राति हुनेछन् । बुधबार जर्मनीको बायन म्युनिखले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग खेल्दा इटालीको इन्टर मिलान र पोर्चुगलको बेन्फीका भिड्नेछन् ।
पहिलो लेगमा सिटीले बायर्नलाई ३–० ले हराएको छ भने इन्टरले बेन्फिकालाई २–० ले पछि पारेको छ ।
प्रतिक्रिया दिनुहोस्