
काठमाडौं । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सय रूपैयाँले बढेर एक लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ९ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार १० रूपैयाँ बढेर १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्