८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक छ : डा. आरजु राणा


182
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले देशको समग्र शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नेपालको सरकारी शिक्षाको स्तरमा ठूलो प्रश्न चिन्ह उठेको बताउनुभयो ।

उहाँले विश्वविद्यालयमा समेत विद्यार्थी भर्नाको संख्या कम हुँदै गइरहेको भन्दै यो राम्रो लक्षण नभएको बताउनुभयो । उहाँले शिक्षामा लगानी अनुसारको प्रतिफल नमिलेको पनि बताउनुभयो । उहाँले शिक्षामा सुधारको लागि आधारभुत तथा माध्यामिक तहको निरन्तर मूल्यांकन गर्नुपर्ने र पृष्ठपोषण गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, नतिजामा आधारित गरेर शिक्षक र विद्यालयलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । सांसद राणाले विद्यालय व्यवस्थापन समितिको गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको भन्दै समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अध्यावधिक गर्नुपर्ने बताउनुभयो ।

उहाँले देशभरका सरकारी विद्यालयका आधारभुत तहमा अंग्रेजी भाषाबाट पनि गर्न नीति, नियम र स्रोत, साधनको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

उहाँले संघ, प्रदेश र स्थानीय तहलाई संविधानले प्रदान गरेको शिक्षा अधिकारको सम्बन्धमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनुभयो ।