
एजेन्सी । बायर्न म्युनिखलाई हराउँदै म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनल अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ को बराबरी खेलेको सिटी समग्रमा ४–१ को जितसहित सेमिफाइनलमा पुगेको हो । सिटी पहिलो लेगमा ३–० ले विजयी भएको थियो ।
जर्मन क्लब बायर्न म्युनिखको मैदानमा भएको दोस्रो लेगको खेलको ५७ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, ८३ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै बायर्नलाई १–१ को बराबरीमा ल्याए ।
सेमिफाइनलमा सिटीले अब स्पेनिस प्रतिद्वन्द्वी रियल मड्रिडको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्