
काठमाडाैं । डोटीका ९ वटा स्थानीय तहहरुको ४२ करोड २८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
शिखर नगरपालिकामा सबै भन्दा बढी बेरुजु भएकाे हाे । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक लेखापरीक्षण प्रतिवेदनले २०७७/०७८ को तुलनामा २०७८/०७९ मा कुल बेरुजु रकम घटेको देखिए पनि शिखर, दिपायल सिलगढी, सायल र जोरायलको बेरुजु अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ ।
२०७७/०७८ मा जिल्लाका स्थानीय तहरुको कुल बेरुजु रकम ५९ करोड ८५ लाख ६७ हजार रूपैयाँ रहेको थियो । शिखर नगरपालिकाको ११ करोड ६७ लाख ३३ हजार बेरुजु रकम देखिएको छ । यो रकम जिल्लाका स्थानीय तहहरुको कुल बेरुजु रकमको करिब २८ प्रतिशत हुन आउँछ ।
आर्थिक वर्ष २०७७/०७८ सम्म उक्त नगरपालिकाको कुल बेरुजु रकम १० करोड ७४ लाख ४३ हजार रहेकोमा २०७८/०७९ मा ९२ लाख ९० हजार बेरुजु रकम थप भएको छ । जोरायल गाउँपालिकाको बेरुजु रकम ८ करोड ७५ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्