
काठमाडाैं । भोजपुरमा अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाई भएको छ ।
खानेपानी आयोजनाको निर्माण सुरु भएको ४ वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो । आयोजनाको कुल लागत १९ करोड रहे पनि क्रमागत योजना भएकाले वर्षेनी कम बजेट आउदा निर्माणमा ढिलाई भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले जनाएको छ ।
आयोजनाको मुख्य लाइनमा पाइप बिछ्याउने काम भइरहेको भए पनि अन्य काममा भने बजेट अभाव भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । यहाँको करसब ५ हजार मिटर पाइप बिछ्याउने र मुख्य ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
उपभोक्ता समितिबाट आएका काममा बाधा पुगेका समस्याको हल गर्न कार्यालयले भूमिका खेल्ने कार्यालयका प्रमुख देवनाथ सिंहले बताउनुभयो । प्रदेश सरकारबाट कम मात्र बजेट विनियोजन हुँदा समस्या देखिएको छ । प्रत्येक वर्ष विनियोजन भएको बजेटबाट उपभोक्ता समितिले गरेको कामको प्रगति र भावी योजनाको विषयमा कार्यालयले जानकारी लिने गरेको छ ।
७ सय ३३ परिवारलाई लक्षित गरेर योजनाको काम थालिएको भए पनि ४ वर्षसम्म पनि योजनाले पूर्णता नपाउँदा स्थानीयवासीन्दा समस्यामा परेका छन् । बजेट अभाव हुँदा कामलाई तीव्रता दिन कठिनाई भएको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्