१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिठाईको प्रयोग : स्वास्थ्यका लागि घातक हुनसक्छ


299
Shares

काठमाडौं । आज (बिहीबार) मातातीर्थ औंसी, जन्मदाता आमाको सम्मान तथा सम्झना गरी यो पर्व मनाउने गरिन्छ ।

आमाको मुख हेर्ने पर्वको प्रचलित यस पर्वमा टाढा टाढा रहेका छोराछोरीले आमालाई भेट्ने तथा विभिन्न मिष्ठान्न खान दिने चलन छ ।

आजका दिन जेरी, खजुरी, रसवरी, लालमोहन, वर्फी, पेडा लगायतका मिठाईको बिक्री हुने गर्दछ ।

आमा हुनेहरूले आज बिहानैदेखि आमाको मुख हेरि मिठा मिठा परिकार खुवाउने गर्दछन् । तर, हामी चार्डपर्वको समयमा मनलाग्दी रुपमा खानेकुरा खान्छौं तर त्यसले पछि स्वास्थ्यलाई पार्ने नकारात्मक असरमा भने जानकार नहुँदा त्यसले विभिन्न समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

डासबिजिट, मुटुरोग, मधुमेह ,उच्च रक्तचाप लगायतका दिर्घ रोगीहरुले भने जथाभावी रुपमा मिठाईको प्रयोग गर्नु हुँदैन ।

मिठाइ बनाउन चाहिने कच्चा पदार्थ दूध, पनिर खुवा, चिनी, मैदा, पिठो, बेसन, घ्यू–तेल आदिमा मिसावट गर्न सक्छन् भने मिठाई आकर्षक बनाउन अनेक किसिमका रंग प्रयोग गर्छन्, जुन स्वास्थ्यका लागि हानिकारक र घातक हुन सक्छ ।

मिठाईले तौल र रगतमा कोलस्टोरको मात्रा बढाउने हुँदा स्वास्थ्यका लागि मिठाई फाइदा जनक मानिँदैन् ।

मिठाईलाई आकर्षक बनाउन विभिन्न रङ्हरुको समेत प्रयोग गरिने हुँदा त्यसले पनि स्वस्थ्यलाई असर पुर्‍याउँछ ।

मिठाई खानुअघि सलाद, फलफुल र प्रयाप्त रुपमा पानी खाँदा गुलियोको असरलाई कम गर्दछ ।

घरमै बनाइएका मीठा मीठा परिकारमा जोड दिने हो भने स्वास्थ्यको पनि खासै चिन्ता लिनुपर्दैन ।