
काठमाडौं । काठमाडौंको फोहोर फालिदै आएको नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।
दुबै नगरपालिकाले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै यस अघि गरिएको संझौता १५ दिनभित्र कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् । गत वर्ष शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाका र स्थानीय सरोकारवालहरुबीच फोहोर फाल्ने बिषयमा संझौता भएको थियो ।
तर संझौता कार्यान्वयन नभएको भन्दै धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामाले संयुक्त विज्ञप्ति जारी गर्दै संझौता कार्यान्वयन गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्