
काठमाडौं । मधेश प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री बसन्त कुशवाहले मधेश प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्ने बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा मधेस प्रदेश सरकारको कृषि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम समावेश गर्ने योजनाको विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।
उहाँले गठबन्धनको सरकार भएको भन्दै कुनैपनि बेला परिवर्तन हुनसक्ने बताउनुभयो । मन्त्री कुशवाहले वैशाख १० गतेको निर्वाचन पछि सरकार परिवर्तन हुने देखिए पनि मन्त्रालयको गतिविधि कायम राख्ने बताउनुभयो ।
उहाँले सरकार परिवर्तन भए पनि बनाएका योजना कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्रालयले गर्न कामको बारेमा जानकारी दिन खोजेको बताउनुभयो । उहाँले मन्त्रालयको कृषि उपजहरुलाई बजारिकरण गर्न पालिका स्तरमा साना कृषि बजार स्थापना र निर्वाचन क्षेत्र अनुसार कोल्ड स्टोर बनाउने बताउनुभयो । उहाँले हरेक जिल्लामा भेटनरी एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।
उहाँले रसायनिक मलको आपूर्तिलाई व्यवस्थित गर्ने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा संघीय मन्त्रालयले करिब ५ लाख मेट्रिक टन रसायनिक मल खरिद गर्ने बजेट व्यवस्थापन गरेको भन्दै देशमा मधेस प्रदेशमा १ लखा ५० हजार मेट्रिक टन रसायनिक मल पाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्