१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालगञ्जमा करिब ५ किलो सुनसहित दुई जना पक्राउ


520
Shares

काठमाडौं । बाँकेको नेपालगञ्जमा झण्डै ५ किलो सुनसहित २ जना पक्राउ परेका छन् ।

नेपालगञ्जको न्यूरोड क्षेत्रबाट प्रहरीले विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सोनी र ठाकुरले तयारी गरगहनासहित गहना बनाएर ल्याएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

सुनको सिक्री, माला, वाला, चुरी, झुम्का मुन्द्री, ब्रासलेट हार औंठी बरामद गरेको छ ।