६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कुशल मल्लले बनाए शतक


2.925k
Shares

काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा नेपालका लागि कुशल मल्लले शतक बनाएका छन् ।

टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका कुशलले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक बनाएका हुन् ।

यो सँगै नेपालले ३९ ओभरमा ६ विकेट गुमाएर २ सय ९ रन बनाएको छ ।

कुशल अहिले पनि क्रिजमा छन् ।