
काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो ।
नेपालका लागि कुशल मल्लले १ सय ८ रनको शतकीय ईनिङ खेले । सोमपाल कामीले ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । यस्तै, कप्तान रोहित कुमार पौडेलले २३ रन, भिम सार्कीले ३३, आरिफ शेखले २९ तथा करण केसीले अविजित २९ रन बनाए ।
ओमानका लागि आयान खानले २ तथा बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्