१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल र ओलीबीच संवैधानिक नियुक्तिकाे बारेमा छलफल


91
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठककाे बारेमा छलफल भएको भएको हो । भेटपछि अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको बताउनुभयो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि बुधाबर संवैधानिक परिषदको बैठक बसेको थियो । सोही बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्ने बारेमा सहमति हुन सकेको थिएन । बैठकमा एमाले अध्यक्ष ओलीले केही विषयमा असहमति जनाएका कारण निर्णय नभएको नेताहरुले बताएका थिए ।

परिषदको अर्को बैठक बस्नुअघि प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीसँग एक्लै छलफल गर्नुभएको हो । प्रमुख प्रतिपक्ष दलका नेता पनि संवैधानिक परिषदको सदस्य हुने व्यवस्था रहेकाे छ । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतका नेतासँग पनि छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीचको भेटवार्ताको बारेमा प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिट्टो भन्दा छिट्टो गठन गर्ने विषयमा दुई नेताहरुकाबीचमा छलफल भएको बताउनुभयो । छलफल भएपनि कुनै निष्कर्ष भने ननिस्किएको ब्रिफिङ अध्यक्ष ओलीले आफूहरु समक्ष गरेको उहाँको भनाइ छ ।

प्रमुख सचेतक गिरीले दुई नेताहरुकाबीचमा कुनैपनि समझदारी बन्न नसकेको स्पष्ट पार्नुभयो ।