१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरिया जाने हवाई भाडा महँगो भएकोबारे श्रम मन्त्रालयले ईपीएससँग सोध्ने स्पष्टीकरण


338
Shares

काठमाडौं । नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे श्रम मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोध्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार कोरियन एयरले यात्रुसँग महँगो भाडा असुल गरिरहेको सन्दर्भमा श्रम मन्त्रालयमार्फत तीन दिनभित्र जवाफ पेश गर्नेे गरी स्पष्टीकरण सोध्ने निर्णय पर्यटन मन्त्रालयले गरेको हो ।

ईपीएसबाट कोरियन एयरलाइन्सले कोरिया जाने टिकटको लागतबारे प्रश्न गरिएको छ । सो टिकटबाट प्रतिव्यक्ति कति नाफा आउँछ भनी प्रश्न गर्ने निर्णय भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

कोरियन एयरले १ लाख ८५ हजार भाडा लिएको तर, ट्रान्जिट भएर जाँदा ७० हजार मात्र भाडा लिएको सन्दर्भमा कोरियन एयरले किन धेरै भाडा लिएको हो भन्नेबारे समेत ईपीएस कोरियाले जवाफ दिनुपर्ने छ । कोरिया जाने हवाई भाडा अत्यधकि भएको गुनासो यात्रुले गर्दै आएका छन् ।