१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एसीसी प्रिमियर कप : आज कतार र साउदी अरेविया तथा बहराईन र कुवेत भिड्दै


221
Shares

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा शनिबार दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित टियु मैदानमा कतार र साउदी अरेवियाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मुलपानी मैदानमा बहराईन र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका कतार र साउदी अरेविया दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

कतार पहिलो खेलमा ओमानसँग ४० रनले तथा साउदी अरेविया मलेसियासँग ८ विकेटले पराजित भएका थिए ।

यसैगरी, दोस्रो खेलमा अपराजित यात्रा कायमको लक्ष्य लिएको बहराइनले पहिलो खेलमा सिंगापुरलाई १ सय ३२ रनले पराजित गरेको थियो ।

कुवेत दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो ।