
एजेन्सी । अमेरिकामा २ दशमलव ४ प्रतिशतले घरको बिक्री घटेको छ ।
नेशनल एशाेसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको मौसमी रूपमा समायोजित वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हाे । अमेरिकी अर्थव्यवस्थाको एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारले गत वर्ष व्यापक आर्थिक संघर्ष गर्नु परेको थियो ।
विद्यमान घर बिक्री १ वर्ष पहिलेको मार्च महिनाको तुलनामा २२ प्रतिशतले घटेको छ । एनएआरका अनुसार औषत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले घटेर ३ लाख ७५ हजार ७ सय अमेरिकी डलरमा झरेको छ ।
नबिकेका घरहरूको सूची अघिल्लो महिनाको तुलनामा मार्चको अन्त्यमा १ प्रतिशतले बढेर ९ लाख ८० हजार पुगेको छ । एनएआरका प्रमुख अर्थशास्त्री लरेन्स युनले सुरक्षा दरमा परिवर्तनको लागि अत्यधिक संवेदनशील देखिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्