७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


समृद्धिको नयाँ युगमा नेपालीलाई पुर्‍याउन प्रतिवद्ध: प्रधानमन्त्री दाहाल


78
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन प्रतिवद्ध रहेको बताउनुभएकाे छ ।

शनिबार १५३ औं लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रा सामु भएकाे पनि उहाँले बताउनुभएकाे हाे ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको बताउनुभएकाे छ । प्रतिगमन विरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन सरकार हालसम्म प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको पनि जारी सन्देशमा भनिएकाे छ ।

कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता तथा ध्रुवीकरण अभियानमा लामवद्ध हुन समेत उहाँले जारी गर्नुभएकाे सन्देशमा अपिल गरिएकाे छ ।

उहाँले जारी गर्नुभएकाे शुभकामना सन्देशमा यस्ताे भनिएकाे छ: