१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘आदिपुरूष’ को नयाँ मोसन पोस्टर सार्वजनिक: भगवान श्रीरामको अवतारमा देखिए प्रभास


221
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास अभिनित बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को नयाँ मोसन पोस्टर सार्वजनिक भएको छ ।

फिल्मका निर्देशक ओम राउतले शनिबार फिल्मको नयाँ मोसन पोस्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । आगामी जुन १६ मा प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको निर्माण टिमले प्रचार प्रसार गर्न थालेको छ । सार्वजनिक गरिएको फिल्मको मोसन पोस्टरमा प्रभासलाई देखाइएको छ । प्रभासलाई उक्त पोष्टरमा भगवान श्रीरामको रूपमा देखाइएको छ ।

फिल्मको टिजर सार्वजनिक भएदेखि नै कलाकारहररूको आवरणलाई लिएर विवाद सुरु भएको थियो । यस फिल्म रामायणको कथामा आधारित भएकाले कलाकारहरूले रामायणका वास्तविक पात्रहरूको भन्दा फरक अवतार प्रस्तुत गरेकाले फिल्मका कलाकारहरूको लुकसँग दर्शकहरू सहमत भएका थिएनन्।

जसका कारण भारतीय दर्शकहरूले फिल्म बहिष्कार गर्न माग गरिरहेका थिए । त्यसपछि निर्देशक राउतले फिल्मको भिएफएक्स पुनः निर्माण गरे । साथै उनले कलाकारको लुकमा पनि परिर्वतन गर्दै फिल्मको पुनः निर्माणमा जुटेका थिए । अब पूर्ण तयारीपछि मात्र निर्देशक राउतले नयाँ मोसन पोस्टर सार्वजनिक गरेका हुन् । जसलाई दर्शकले निकै रुचाएका छन् ।

यस फिल्ममा भारतीय अभिनेता सैफ अली खान भिलेनको भूमिकामा देखिने भएका छन् । खानले यो फिल्ममा रावणको भूमिका निभाउने भएका छन् । यसैगरी अभिनेत्री कृति सेनन सीताको भूमिकामा देखिने भएकी छन् ।लक्ष्मणको भूमिकामा सन्नी सिंह र देवदत्त नागे हनुमानको भूमिका रहेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘आदिपुरुष’ लाई भारतको अहिलेसम्मकै महँगो फिल्म मानिएको छ । साेही फिल्मको बजेट ५ सय करोड भारतीय रुपैयाँ रहेको छ ।