
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी भए पनि पूरा गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरु भइरहेको उल्लेख गर्नुभएकाे हाे । त्यसलाई असफल पार्दै अघि बढनुको विकल्प नरहेको पनि उहाँले बताउनुभयो ।
उहाँले संक्रमणकालिन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताउनुभएको हो । एक दशक भन्दा बढी समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनु परेको उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएपनि छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिनुभयो । मुलुकको अर्थतन्त्र निस्क नै नसक्ने गरी संकटमा नफसेको दोहोर्याउँदै उहाँले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गराउँदै उहाँले सोही अनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्