१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


भारतीय प्रधानमन्त्री मोदीलाई कसले दियाे ज्यान मार्ने धम्की ?


1.378k
Shares

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ ।

अप्रिल २४ मा प्रधानमन्त्री मोदीको कोची भ्रमणको क्रममा आत्मघाती आक्रमणको धम्की आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय जनता पार्टी भाजपा प्रदेश कार्यालयले मोदीको आसन्न भ्रमणलाई लिएर ज्यान मार्ने धम्की पत्र प्राप्त गरेसँगै केरेलामा उच्च सतर्कता अपनाइएको समाचार उल्लेख छ ।

प्रहरीले चिठ्ठीमा उल्लेख भएका व्यक्तिको पहिचान गरिसकेको छ । तर, उनले आफ्नो नाम विपक्षीहरूले फसाउन प्रयोग गरेको दाबी गर्दै उक्त कार्यमा आफ्नो कुनै पनि संलग्नता रहेको नरहेकाे बताएका छन् ।

मोदीको अप्रिल २४ मा कोची र २५ अप्रिलमा तिरुवनन्तपुरम राज्यको पहिलो वन्दे भारत एक्सप्रेस उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।